एमाले स्थायी समितिको बैठक बस्दै



सैघाली खबर, साउन १२


नेकपा एमालेको स्थायी समिति बैठक बस्दै छ । अहिले केहीबेरमा पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा स्थानिय तहको तेस्रो चरणको चुनावी तयारीका विषयमा छलफल हुनेछ । पार्टीका शीर्ष तहका नेताहरु नै चुनावी अभियानमा खटिने भएकाले बैठकको कार्ययोजना, जिम्मेवारीका विषयमा छलफल हुनेछ । कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बस्ने बैठकमा संविधान संसोधनका विषयमा पनि कुराकानी हुनेछ । नेपाली कांग्रेसले संसोधन प्रस्ताव अगाडी बढाउने निर्णय गरेपछि त्यसमा एमालेको रणनीति तय हुनेछ । सत्तासिन दलले बनाउने रणनीति माओवादीबाट आएको प्रत्यक्ष कार्यकारीको प्रस्तावलगायतका सबै विषयमा बैठकमा छलफल हुने एमाले कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्