मन्त्रीका गार्डले हाने प्रधानमन्त्री माथि गोली, १ को मृत्यु



श्रीलंकामा राजनीतिक संकट झनै चर्किएको छ । मन्त्रीका सुरक्षाकर्मीले प्रधानमन्त्री समर्थकमाथि गोली प्रहार हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रधानमन्त्रीबाट बर्खास्त भएपछि बिक्रमसिंघेले संसदको आपतकालिन सत्र बोलाउन माग गरेका थिए । सदनमा आफ्नो बहुमत साबित गर्ने उनको उद्दे्रय भएपनि राष्ट्रपतिले भने १६ नोभेम्बरसम्म संसद नै निलम्बित गरेका थिए ।

यो राजनीतिक संघर्ष अब भने हिंसात्मक बनेको छ ।

आइतबारका दिन प्रधानमत्री रणिल बिक्रमसिंघेका विश्वासपात्र मानिने पेट्रोलियम मन्त्री राणतुंगका अंगरक्षकले नव नियुक्त प्रधानमन्त्री महिन्द्रा राजापाक्षेका समर्थकमाथि पाँच राउण्ड गोली चलाएपछि एकजनाको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीले एकजनालाई गिरफतार गरेको छ ।

घटना त्यतिखेर भएको थियो जब क्रिकेटरबाट राजनेता बनेका रणतुंगाले सिपीसी भ्रमण गरे । यो बेला केही कर्मचारीले उनको उपस्थितिको बिरोध गरे । रणतुंगाले भवनमा प्रवेश गर्दा नयाँ प्रधानमन्त्री राजपाक्षेका समर्थकले उनको बिरोध र नाराबाजी गरे । यही क्रममा रणतुंगेका समर्थकले गोली चलाउँदा तीन जना घाइते भएका थिए ।

रणतुंगा बर्खास्त गरिएको प्रधानमन्त्री बिक्रमसिंघे समर्थक हुन । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्