संसदको बैठक चलिरहँदा ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प धक्का



वेलिङ्टन। न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् ।

वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए ।

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६.१ म्याग्नीच्यूडको रहेको जनाएको छ । वेलिङ्टनबाट ३४० किलोमिटर उत्तरपूर्वमा जमिनको सतहबाट २०७ किलोमिटर मुनि भूकम्पको केन्द्रविन्दु रहेको न्यूजिल्यान्डको आधिकारिक निकाय जियोनेटले जनाएको छ ।

प्रधानमन्त्री जासिन्डा आर्डेनले मुलुकको मुख्य भूभागमा अनुभव गरिएकाले सचेत रहन सबै नागरिकसँग आग्रह गरेका छन् । गृहमन्त्री क्रिस फाफोइले भूकम्पबाट कुनै क्षति वा चोटपटक लागेको खबर नआएको बताए । उनले संसदको कारवाहीलाई केही समयका लागि रोकिएको जानकारी दिए ।

न्यूजिन्यान्डमा प्रत्येक वर्ष १५ हजारसम्म भूकम्पका झट्का अनुभव हुने गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्