माओवादी आक्रमणमा दूरदर्शनका क्यामेरापर्सन मारिए



छत्तिसगढको बस्तर क्षेत्रमा माओवादीको आक्रमणबाट भारतीय सरकारी टेलिभिजन च्यानलका क्यामेरापर्सन र २ जना प्रहरीको ज्यान गएको छ ।

मंगलबार छत्तिसगढको दन्तेवाडा जिल्लामा माओवादी प्रभावित क्षेत्रमा रिपोर्टिङ गरिरहेका दूरदर्शनका पत्रकारमाथि आक्रमण गरेको हो । आक्रमण दन्तेवाडाको आरनपुरको जंगली इलाकामा भएको हो ।

माओवादी आक्रमणमा परि दूरदर्शनका क्यामेरापर्सन अच्युतानन्द साहु मारिएका छन् । त्यस्तै माओवादी आक्रमणमा परि ज्यान गुमाउने प्रहरीमा सब इन्सपेक्टर रुद्र प्रताप र सब–इन्सपेक्टर मंगलु रहेका छन् ।

माओवादी प्रभावित राज्य छत्तिसगढमा अर्को महिनामा मात्रै विधानसभा चुनाव हुँदैछ । ९० सिट रहेको छत्तिसगढ विधानसभा चुनाव दुई चरणमा हुँदैछ । पहिलो चरणको चुनाव नोभेम्बर १२ र दोस्रो चरणको चुनाव नोभेम्बर २० मा हुनेछ ।एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्