साफ यू-१५ च्याम्पियनसिपः भारत ४-२ ले पराजित, बंगलादेश फाइनलमा



साफ यू–१५ च्याम्पियनसिप अन्तर्गतको बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई ४–२ ले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टी सूटआउट मार्फत बंगलादेश फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ गोल भएपछि खेल पेनाल्टी सूटआउट तर्फ गएको थियो।

फिफाको खेल नियमअनुसार ९० मिनेटपछि ३० मिनेट अतिरिक्त समय थपेर खेलाइने भएपनि साफ यू -१५ को खेलमा अतिरिक्त समय नखेलाई सिधै पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको छ ।

अबको अर्कों सेमिफाइनल खेल नेपाल र पाकिस्तानबीच अहिले २ः३० बजे हुँदैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्