कार्तिक १६ गते शुक्रवारको राशिफल



विक्रम सम्वत २०७५ साल कार्तिक १६ गते शुक्रवार नेपाल सम्बत ११३८ कौलागा,सन् २०१८ नोभेम्बर २ तारिक कृष्णपक्ष अष्टमी तिथि विहान ९ वजेर ३६ मिनेटसम्म उप्रान्त नवमी तिथि, अश्लेषा नक्षत्र राती २ वजेर १९ मिनेटसम्म उप्रान्त मघा नक्षत्र, शुभयोग, कौलवकरण, आनन्दादियोग अमृत, सूर्य तुला राशीमा, चन्द्रमा राती २ वजेर १९ मिनेटसम्म कर्कट उप्रान्त सिंह राशीमा ।

मेषः– सानो कुरा लिएर ठुलो बखेडा हुनसक्छ । लगानीका क्षेत्रमा हात नहाल्नु होला । अस्थिरताले अनिष्ट निम्त्याउनेछ । उत्तरदायित्व वहन गर्न सकिने छैन । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

वृषः– आर्थिक उन्नतिका सम्भावना अझै देखिन्छ । भाई बन्धु श्रीमति तथा सन्तानबाट सुख शान्ति मिल्नेछ । आफ्नै बाहुबलबाट धेरै कामको टुङ्गो लगाईनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मुद्धामा जित हुनेछ । ऋण लगानी भने नगर्नु होला । काममा ढिला भने कत्ति पनि नगर्नु होला ।

मिथुनः–आम्दानीका मार्ग कमजोर देखिन्छ । संचित धनमा ह्रास आउन सक्छ । अरुको भर नपर्नु होला ,सहयोग गर्ने भन्द खुट्टो तान्ने बढि हुनेछन् । व्यापार व्यवसायमा आएको मन्दि कायम रहने देखिन्छ । इष्टमित्रमा मनमुटाव बढ्न सक्छ । इच्छा विपरितका काम हुदा तनाव बढ्नेछ ।

कर्कटः– दिन सामान्य अनुकुल देखिन्छ । समयको सदुपयोग गर्न पछि नपर्नु होला । साझेदारीमा हात नहाल्नु होला, लापर्वाहिले आफैलाई नोक्सान पु¥याउनेछ । लाभका काममा भन्दा मनोरञ्जनमा बढि ध्यान जानेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विवादित काममा हात नहाल्नु होला ।

सिंहः– श्रमको मुल्य हराउने देखिन्छ । सहयोग गर्दा उल्टो दोष पाईनेछ । आफन्तमा झै–झगडा पर्न सक्छ । व्यय मार्ग बढि खुल्ला देखिन्छ । आशाहरु निरासामा परिणत हुनसक्छन् । जोखिम मोलेर कुनै काम नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यापार व्यवसायमा घाटा हुनेछ । चोटपटक आदिको भय देखिन्छ ।

कन्याः– समयमा गरेका काम सम्पन्न हुनेछन् । ढिलो गरेमा प्राप्त उपलब्धि पनि गुम्ने छन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । आफन्तको सहयोग कम मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । कमाएको धनलाई वचाउन भने गाह्रो हुनेछ । ऋण लगानी नगर्नु उत्तम हुनेछ ।

तुलाः– विचलित नभई काम गर्नु होला अवस्य गन्तव्यमा पुग्न सक्नु हुनेछ । अरुको भर नपर्नु होला आफैले बातावरण मिलाएर काम गर्नु होला । चुनौतिका विच धेरै काम बन्ने छन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । ज्ञान र शिपको प्रयोग गरेर अगाडि बढ्नु होला । घर बाहिर बसेर गरेका काम बढि फलदायी हुनेछन् ।

वृश्चिकः–समय सुधारोन्मुख देखिन्छ । कामले विस्तारै गति लिनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । उपकारी काममा मन जानेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । बाह्य काममा समय बढि दिनु भयो भने आफ्ना काम अधुरा रहने छन् । राज्यका काम बढि झन्झटिला हुनेछन् । आफन्तको सहयोग कम मिल्नेछ ।

धनुः– नकरात्म दिशा तिर पाईला जान सक्छन् मनलाई नियन्त्रण गरेर अगाडि बढ्नु होला । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ । शरीरिक एवं मानसिक कमजोरी बढ्नेछ । लेनदेन कारोवारमा समस्या आउने देखिन्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । संचित धनमा ह्रास आउनेछ । सहयोग गर्ने भन्दा धोका दिने धेरै हुनेछन् ।

मकरः– काममा जीवन साथिको सहयोगको महत्वपूर्ण भूमिका हुनेछ । लगनशिल भई समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विवादित काममा हात नहाल्नु होला । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था आउन सक्छ त्यतातिर पनि सचेत हुनुहोला ।

कुम्भः– सफलता असफलता आफ्नै हातमा छ, अरुले सहयोग गर्ने छैनन उल्टो खुट्टो तान्ने छन् । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला । परिश्रम पूर्वक गोपनियता अप्नाई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । संघर्षबाट मात्र उपलब्धि हात लाग्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । मुद्धा मामिलामा जीत हुनेछ ।

मिनः– आर्थिक कारण काममा ढिला सुस्ति हुनेछ । लगानी मैत्री बातावरण देखिदैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । आफ्ना मान्छेको काम गरेर जश कमै मिल्नेछ । स्पष्ट कार्य दिशा तय गर्न नसक्दा उपलब्धि गुमाउनु पर्नेछ । पढाई लेखाईमा अवरोध आउने देखिन्छ । सुरक्षित यात्रा गर्नु होला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्