आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै



 

सैघाली खबर
दाङ १३ साउ ।

श्रावण शुक्ल पञ्चमीका दिन आज नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ । यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि आजै गरिदैछ । वर्षाले गलेको जमिनबाट ओभानोमा आएर नागले विचरण गर्ने भएकाले पनि नाग÷सर्प जस्ता विषालु जलचरको आक्रमणबाट जोगिन यस प्रकारको होसियारी अपनाइएको हो भन्ने गरिन्छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म गरी आठ प्रकारका नागको विशिष्टताको वर्णन गरिएको छ । यिनै नागको तस्बिर घरको मूल ढोकामा टाँसेर र कपासको नाग बनाएर यो दिन दुबोे, दूध र अबिर–अक्षताले नागको अर्चना गर्दै कपुरको धूपधुवार गर्ने प्रचलन छ । काठमाडौँ, भचाखुसीको घोडेनाग, टुँडिखेलको मीननाग, गल्कोपाखा दक्षिण ठमेलको हरिनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटपारि नागढुङ्गा, धापाखेलको नागदह, नक्सालको नागपोखरी, टौदह, पशुपतिनाथको आभूषण वासुकीनाग, महाराजगन्जको नागपोखरी र चाँगुनारायण नगरपालिका वडा नं ८ कलमसीस्थित पाँचटाउके कल्पेश्वरनागमा यो दिन भक्तजनको भीड लाग्छ । आज जनै पूर्णीमा पनि मनाइदैछ । बिहानै यजमान आफ्ना गुरुपुरोहितकहाँ गई यज्ञोपवीत मन्त्रने गर्छन् । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनाका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ । नागपञ्चमीकै दिन तागाधारीले जनै फेर्ने भए पनि नेवार समुदायमा क्वाँटी पुन्ही भनेर साउन शुक्ल पूर्णिमाको चन्द्रग्रहण अगावै क्वाँटी खाने तयारी भएको छ । सरकारले आज सार्वजनिक विदा दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्