नेपालीले हात पारे स्वर्ण पदक



दाङ। दाङका कृष्ण नेपालीले तोङ्ग ईल मोदो (मार्शलआर्ट) विश्व कप स्वर्ण पदक हात पारेका छन् । भारतको नयाँ दिल्लीमा भएको १० औं तोङ्ग ईल मोदो (मार्शलआर्ट) विश्व कप २०१८ सहभागि भएका नेपालीले स्वर्ण पदक हात पारेका हुन ।आर्थिक अभावका कारण विश्वकमा,सहभागि हुन नपाउँने अबस्थामा पुगेका नेपाली बिभिन्न व्यक्ति मार्फत सहयोग जुटेपछि नेपाली विश्वकमा खेलमा सहभागि भएका थिए ।
गत अक्टोबर ३० देखि नोवेम्बर २ भारतमा प्रतियोगी संचालन भएको थियो ।विश्व कप २०१८ मा नेपालको तर्फबाट ६ वटा स्वर्ण ,३ वटा रजत र ७ वटा कास्य पदक जित्न सफल भएको तोङ्ग ईल मोदो सङ्ग नेपालका केन्द्रिय सदस्य हेमराज अधिकारीले जानकारी दिनुभयो ।स्वर्ण पदक जित्ने हरुमा दाङका कृष्ण नेपाली ,बर्दियाका प्रसान्त चौधरी कैलाली , रितु चौधरी कैलाली पवन हमाल कैलाली , अनिता बिष्ट कैलाली , र पुजा चौधरी सुनसरी रहेको अधिकारीले जानकारी दिनुभयो । रजत पदक जित्ने हरुमा धिरज चौधरी कैलाली , रेशम सिंह कैलाली ,झलक शाही सुर्खेत र कास्य पदक जित्ने हरुमा विस्वजित गुरुङ ईलाम झापा , विश्वास चौधरी झापा , नम बिष्ट कैलाली , एन्जल चौधरी कैलाली तिरथ चौधरी कैलाली र मिना बस्नेत कैलाली विजयी भएको उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्