परमाणु रियक्टर बनाउने साउदी अरबको घोषणा



साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै परमाणु रियक्टर बनाउने बताएका हुन् ।

परमाणु रियक्टर आणविक प्रक्रिया सञ्चालन तथा नियन्त्रणमा प्रयोग हुने उपकरण हो । साउदी प्रेस एजेन्सीले यो परमाणु रियक्टर कस्तो प्रकारको हुनेछ भन्नेबारे कुनै जानकारी नदिइएको बीबीसीले लेखेको छ ।

साउदी अरबको आगामी दुई दशकमा १६ परमाणु रियक्टर बनाउने योजना छ र यसमा करिब ८० अर्ब डलर खर्च हुने अनुमान छ । तर, यसको प्रयोग केमा गर्ने भन्नेबारे भने स्पष्ट भइसकेको छैन ।

कच्चा तेलको सबैभन्दा बढी निर्यात गर्ने देश साउदी अरबले तीव्ररुपमा बढीरहेको ऊर्जा आवश्यकतालाई हालसम्म तेल र प्राकृतिक ग्यासबाट पूर्ति गर्दै आइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्