कार्तिक २१ गते बुधबारको राशिफल



विक्रम सम्वत २०७५ साल कार्तिक २१ गते बुधबार नेपाल सम्बत ११३८ कौलागा,सन् २०१८ नोभेम्बर ७ तारिक कृष्णपक्ष औसी तिथि राती ९ वजेर २२ मिनेटसम्म उप्रान्त शुक्ल पक्ष प्रतिपदा तिथि,स्वाती नक्षत्र राती ८ वजेर २३ मिनेटसम्म उप्रान्त विशखा नक्षत्र,आयुष्मानयोग,चतुष्पदकरण,आनन्दादियोग ध्रूम्र,सूर्य तुला राशीमा,चन्द्रमा पनि तुला राशीमा ।

राशी
मेषः– दैनिक गतिविधि सुचारु रुपमा अगाडि बढाउन गाह्रो हुनेछ । सक्रियता बढाउनु होला । घुमफिर बढि हुनेछ । हेलचक्र्याई गरेमा उपलब्धि गुम्नेछ । वैदेशिक काममा रोकावट आउन सक्छ । परिवारिक विवाद बढ्न सक्छ । व्यापार व्यवसायबाट आय आर्जन कम्ति हुनेछ लगानी उठाउन गाह्रो हुनेछ ।

वृषः– संघर्ष विना सफलताका सिढि चढ्न पाईने छैन । गोपनियता अप्नाएर काम गर्नु होेला । प्रयास र प्रयत्न सफल हुनेछन् नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ । काम गर्दा आफ्नो हात माथि पर्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । दुर्जनहरु तगारो लगाउन आउने छन् सतर्क रहनुहोला ।

मिथुनः–लगनशिल भई गरेका काम सफल हुनेछन् । महिलाको सहयोग लिएर काम गर्छु भन्दा अवसर गुम्न सक्छ । दैनिक काम काजमा सामान्य प्रगति हुनेछ । यात्रामा कठिनाई आउन सक्छ । आम्दानीलाई बचाउन गाह्रोे हुनेछ । कुरामा भन्दा काममा जोड दिनुहोला । कुरौटेहरु धेरै हुनेछन् सचेत रहनु होला ।

कर्कटः– आजको दिन पनि अनुकुल देखिन्न । भौतिक संरचना विग्रिने छन् । शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । काम गर्न मन लाग्ने छैन । घरयासी खर्च बढ्नेछ । आफ्नो स्वार्थको लागि कसैले उचाल्ने काम गर्न सक्छन् सचेत रहनु होला । भौतिक सुख,शान्तिमा कमी आउनेछ । आहार विहारका कारण स्वास्थ्य कमजोर बन्न सक्छ ।

सिंहः– अल्छि गर्दा अवसर गुम्नेछ ध्यान दिनु होला,सक्रियताले शिखर चुमाउनेछ । समयको ख्याल राखेर काम गर्नु भयो भने धेरै कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । कला सहित्य न्याय तथा शैक्षिक प्रतिष्ठानबाट लाभान्वित हुनुहुनेछ ।

कन्याः–मध्यम खालको समय चलेको छ । प्रयत्नपूर्वं गरेका काम सफल हुनेछन् । ऋण लगानी गर्नु गलत हुनेछ । आफन्तका कारण धन क्षय हुने सम्भावना बढि देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विना सोच विचार कुनै पनि विषयमा निर्णय नलिनु होला । अरुको कुरामा विश्वास गर्दा दुख पाईनेछ ।

तुलाः– हतास मनस्थितिमा काम नगर्नु होला । मनलाई नियन्त्रण गरेर काम गर्नु भयो भने दुःखका खाडलमा परिने छैन । दिन सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । वौैद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

वृश्चिकः– भनाई र गराईको ताल मेल मिल्ने छैन । परिश्रम मुल्य लिन धौ धौ पर्नेछ । खुला रुपमा काम गर्न गाह्रो हुनेछ । गरेका कामबाट आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । भौतिक चिन्तन बढि हुनेछ । व्यर्थको घुमाई फिराई भेटघाटमा समय बढि खर्च हुनेछ । जाखिम पूर्ण यात्रा नगर्नु होला ।

धनुः– आत्म विश्वासका साथ कार्र्य क्षेत्रमा जानु होला । एउटा कामको टुङ्गो नलगाई आर्को काममा हात नहाल्नु होला । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । पठन पाठनमा भन्दा आर्थिक कुरामा बढि ध्यान जानेछ । आफन्तका कारण खर्च गर्नु पर्ने बाध्यात्मक स्थितिको सृजना हुनेछ ।

मकरः–तपाईका कार्य योजनाले प्रथमिकता पाउनेछ । सोच विचार सर्वमान्य हुनेछन् । रोकिएका अधिकाश काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिबाट धेर थोर लाभ हुनेछ । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । स्वतन्त्र व्यापारबाट आम्दानी बढ्नेछ ।

कुम्भः– काम कुराको तालमेल मिलाउन सकिने छैन । लगनशिलता बढाउनु होला । अरुका कामलाई कम प्राथमिकता दिनुहोला नत्र आफ्ना काम अधुरा रहनेछन् । यात्राको सम्भावना लाई नकार्न सकिन्न । धार्मिक काममा सक्रियता बढ्नेछ । आस्था र विश्वास अझै पलाउने छैन । इज्जत प्रतिष्ठाको ख्याल राख्नु होला । समस्या घट्दै जानेछन् ।

मिनः– काम कुरामा नै सिमित हुने देखिन्छ । नयाँ काममा लगानी नबढाउनु होलाउपलब्धि विहिन हुनेछ । अनावस्यक चिन्ताले सताउन सक्छ । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । आज दिएको धन फिर्ता नहुनसक्छ । अरुको भर परेर काम गर्नु भयो भने दुःख पाउनु हुनेछ । इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्