भरतपुर मुद्दामा आज सुनुवाई हुँदै



सैघाली खबर
साउन १५

स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–१९ को मतदान पुनः गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ आज फेरि हुँदैछ । बिहीबार नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
यस्तै, सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथि पनि आज सुनुवाई हुँदैछ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलासले बिहीबार सुनुवाइ हुँदाहँुदै नभ्याएपछि हेर्दाहेर्दैमा आजका लागि राखेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्