दार्चुलामा मिनिबस दुर्घटना, २ को मृत्यु



डडेल्धुरामा बस दुर्घटना भएको २४ घण्टा नपुग्दै दार्चुलामा मिनीबस दुर्घटना भएको छ । मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस  मालिकार्जुन–३, तेर्थालेकमा शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले दुर्घटनाको पुष्टि गर्दै ५५ वर्षीय अनील पाल र अर्का एक पहिचान नखुलेका व्यक्तिको घटनास्थलमै ज्यान गएको जानकारी दिएका छन् । मृतक पाल भारतीय नागरिक हुन् । दुर्घटनामा १९ जना घाइते छन् । तीमध्ये ४ को जिल्ला अस्पतालमा र बाँकी १५ को गोकुलेश्वर अस्पताल उपचार भइरहेको डीएसपी अधिकारीले जानकारी दिए ।

बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । बस दुर्घटना भएको खबर पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए । सडकबाट करिब ३ सय मिटर तल खसेको बस क्षतविक्षत छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्