गोरुसिंगेमा बस दुर्घटना, १५ जना घाइते



पूर्व–पश्चिम राजमार्ग अन्तगर्त कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगे नजिकै बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

कृष्णनगरबाट बुटवलतर्फ आउदैगरेको लु १ ख ५८३३ नम्बरको बस गोरुसिंगेबाट पूर्वतर्फ जंगल किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।दुर्घटनमा परी १५ जना घाइते भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए ।

घाइतेमध्ये ८ जनालाई जितपुरमा उपचारपछि घर पठाइएको र बांकी ७ जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । बस चालक २८ वर्षीय रमेश पुन गम्भीर घाइते भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्