मंसिर १६ गते आइतवारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तहररूको सहयोगले कामहरु अगाडी बढ्नेछन । दीर्घकालिक योजना कार्यान्वयन गरी दूरगामी प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । आँटेको र ताकेको कार्यहरू पुरा होलान् । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा सङ्का उत्पन्न हुनेछ । सरकारी निकाएको भय रहला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । वैदेशिक कार्य छोटो दुरीको लाभदायक यात्रा रहला । अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन खिन्न हुने स्थिति आउनेछ । मानसिक चिन्ता बढ्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुलाई प्रभावित पारेर काम बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान सुख मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आत्मबल बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्