त्रिविले थप्यो विद्यावारिधीमा २ नयाँ विषय, कोटा भन्दा बढी विद्यार्थी



बलराम बुढाथोकी
त्रिभुवन विश्वविद्यालयको मानविकी संकायले विद्यावारिधी गर्नेहरुको लागि २ वटा विषयहरु थप गरेको छ ।  यसै वर्षदेखि विद्यावारिधी गर्नेहरुका लागि अन्तर्राष्ट्रिय समबन्ध र सामाजिक कार्य विषय थप गरेको हो ।

थप गरिएका २ नयाँ विषयमा १० जनाको कोटा निर्धारण गरिएको छ । तर यी विषयमा कोटा भन्दा बढी विद्यार्थीहरुले आवेदन दिएका छन् ।

पहिले २२ वटा विषयमा यस संकायबाट विद्यावारिधी गर्न सकिन्थ्यो भने अहिले २ वटा विषय थप गरेसँगै विद्यावारिधी गर्नको लागि २४ वटा विषय पुगेका छन् ।

यस संकायमा विद्यावारिधी गर्नको लागि ग्रामिण विकास, इतिहास, मनोविज्ञान, अर्थशास्त्र, नेपाल भाषा, भाषा विज्ञान, अंग्रेजी, लैङ्गिक अध्ययन, नेपाली, मानवशास्त्र, जनसंख्या अध्ययन र समाजशास्त्र विषयहरु रहेका छन् ।

त्यस्तै राजनीतिशास्त्र, भूगोल, संस्कृति, ललितकला, बौद्ध अध्ययन, हिन्दी, गृह विज्ञान, पत्रकारिता, पुस्तकालय विज्ञान, द्वन्द्व, शान्ति र विकाश, अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक कार्य विषयहरुमा पनि विद्यावारिधी गर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्