सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु



सल्यानमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ तकसेरा निवासी ट्याक्टर चालक ३३ बर्षका प्रविन बि।क रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार बिहान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ जलेखर्कमा ट्याक्टर दुर्घटना हुँदा उनको घटना स्थलमा नै मृत्यू भएको हो ।

घाईते गाडिमालिक रुकुम पश्चिमको त्रिबेणी गाउपालिका वडा नम्बर १० टोड्के निकासी २८ बर्षिय ईश्वर केसीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । दाङबाट रुकुम तर्फ जाँदै गरेको रा १ त २६२८ नम्बरको ट्क्याटर दुर्घटना भएको हो । ट्याक्टर सकडबाट करिब २ सय मिटर तल खसेकाले प्रहरीको भनाई रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्