दाङ प्रहरी प्रमुखमा पहिलो पटक महिला



सैघाली खबर
दाङ,१७ साउन । दाङ प्रहरी प्रमुखमा पहिलो पटक महिलाले नेतृत्वको जिम्मेवारी पाउनुभएको छ । । गृहमन्त्रालयले जिल्ला प्रहरी कार्यालय दाङको प्रमुखमा दुर्गा सिंह चन्दलाई सरुवा गरि पठाएको छ ।

 

प्रहरी प्रधान कार्यालय महिला बालबालिका सेल काठमाडौंमा कार्यरत चन्द एक दुई दिनमै दाङ आउने जिल्ला प्रहरी कार्यालयका निर्वतमान प्रमुख धिरज प्रताप सिहले जानकारी दिनुभयो ।

सिंह एसपीबाट एसएसपीमा बढुवा भएपछि भोली बुधवार काठमाडौं जान लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्