माओवादी केन्द्रले चुनावभर हेडक्वार्टर मधेसमा राख्ने निर्णय



सैघाली खबर
काठमाडौं साउन, १८


दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी हेडक्वार्टर नै मधेसमा राख्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा लगायत शीर्ष नेता निर्वाचन अवधिभर मधेसमा रहने गरी पार्टी ुहेडक्वार्टर मधेसमै राख्न लागिएको हो। माओवादी केन्द्रले सोमबार र मंगलबार चुनावी रणनीति तय गर्न आयोजना गरेको प्रशिक्षण पछि हेडक्वार्टरनै मधेसमा परिचालित हुने गरी कार्यक्रम बनेको दुई नम्बर प्रदेशका संयोजक विश्वनाथ साहले जानकारी दिए। अध्यक्ष दाहाल, वरिष्ठ नेता श्रेष्ठ र थापालगायत नेता भदौ पहिलो सातादेखि मधेसमै केन्द्रित हुने छन्। । पार्टी बैठक र प्रशिक्षण सकेर मंगलबार काठमाडौं फर्के पनि नेता फेरि एक सातापछि नै मधेस झर्ने योजना बनेको छु । अध्यक्षलगायत शीर्ष नेता चुनाव हुने दिनसम्मै मधेसमै बाक्लो उपस्थिति जनाई परिचालित हुनुहुन्छु, साहलले भने। दाहाल, श्रेष्ठ र थापा मात्रै होइन, दुई नम्बर प्रदेशका आठै जिल्लामा जिल्लाले मागेका जुनसुकै शीर्ष नेतालाई जिम्मेवारी नै तोकेर परिचालन गर्ने योजना पनि माओवादीले बनाएको छु ।
मुख्य तीन नेताबाहेक अन्य शीर्ष नेतालाई कुनै पनि जिल्लाले माग गरे ती नेतालाई त्यहीँ परिचालन गर्ने योजना बैठकले बनाएको दुई नम्बर प्रदेशका अर्का एक माओवादी पोलिटब्युरो सदस्यले बताए। केन्द्रीय राजनीतिका लागि आवश्यक वार्ता र संवाद र केन्द्रीय कार्यक्रममा बाहेक नेताहरू मधेसमा रहने गरी योजना बनेको छ। ुअध्यक्षको काठमाडौं आवतजावत भइरहे पनि अन्य प्रायः शीर्ष नेता मधेसमै रहने गरी पार्टीले सोचेको छु, साहले भने। एक सातामा उम्मेदवार टुंगो लगाउने माओवादी केन्द्रले एक साताभित्रै दुई नम्बर प्रदेशभित्रका सबै स्थानीय तहका उम्मेदवार चयन गरिसक्ने निर्णय गरेको छ। उसले ५० प्रतिशत स्थानमा यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको र बाँकी स्थानमा पनि सहमतिका आधारमा उम्मेदवार चयन गर्ने नीति बनाएको छुु ।२५ साउनभित्रै हामी उम्मेदवार चयन गरिसक्छौं, साहुले भने, ु५० प्रतिशत स्थानमा गरिसकेका छौं, बाँकीमा पनि सर्वसम्मतका आधारमा चयन गर्ने योजना छ, नमिलेका स्थानमा मात्रै माल्लिो कमिटीमा सिफारिस गरी एक सातामै सबै टुंग्याउने योजना छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्