एलपी ग्यासको मूल्य घट्यो



 

सैघाली खबर
साउन ,१८


सरकारले खाना पकाउने ग्यासको मूल्य पुनःघटाएको छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँमा झरेको छ ।
नयाँ मूल्य मंगलवार मध्यराति देखि नै लागु हुनेभएको छ । मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा छ । पेट्रोल, डिजेल, मटितेल र हवाइ इन्धन मूल्य भने यथावत रहेको छ ।
नयाँ दर अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा र डिजेलमा १ रुपैयाँख १८ घाटा भएको छ । त्यस्तै मटितेलमा १७ रुपैयाँ १३ रुपैयाँ नाफा ,हवाइ इन्धन आन्तरिकमा ९ रुपैयाँ १६ पैसा नाफा ,र हवाइ इन्धन बाह्यमा २० रुपैयाँ २९ पैसा नाफा छ ।

हाल प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ। डिजेल र मटितेलको मूल्य ७४ र ७४ रुपैयाँ हवाइ इन्धन बाह्य को ७५ रुपैयाँ र ग्यासको प्रतिसिलिण्डर मूल्य ग्यास १ हजार ३ सय ५० रुपैयाँ छ ।
हाल निगमलाई पेट्रोलमा ५ दशमलव ९१ रुपैयाँ नाफा , डिजेलमा १ रुपैयाँ १८ पैसा घाटा मटितेलमा १७ रुपैयाँ नाफा , हवाइ इन्धन आन्तरिकमा ९ रुपैयाँ १६ पैसा नाफा हवाइ इन्धन बाह्य मा २० रुपैयाँ २९ पैसा नाफा र ग्यासमा ९६ रुपैयाँ नाफा छ । निगमका अनुसार विगत १५ दिनमा पेट्रोलियमबतट ३३ करोड ८६ लाख रुपैयाँ नाफा भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्