जिप दुर्घटना हुदा ५ जनाको मृत्यु, ४ जना घाईते



पाल्पा । पाल्पाको जल्पा बाट बहादुरपुर जादै गरेको लु १ च २६५३ नम्वरको जिप आर्घिडाँडाँ ओढारेमा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन ।  मृत्यु हुनेहरुमा माथागढी गाउँपालिका वडा नंं ८ की ३३ बषिीय  यानिसर गाँहा, सोही ठाउँकै बुमा कुमारी दर्लामी , सोही ठाउँकै रेवत बहादुर जिसी, सोही ठाउँकै कुनिसरा रुचाल, सोही ठाउँकै जिप चालक २० बर्षिय विरेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यसैगरी घाईते हुनेहरुमा माथाँगढी ८ कै ४० बर्षिय सुरेन्द्र मश्राङ्गी, ४० बर्षिय देव सिंह राना, २६ बर्षिय शान्ता रुचाल र शान्ता रुचालको ३ बर्षिय छोरी रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको लुम्विनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भईरहेको छ । घाईते मध्ये शान्ता रुचालको अवस्था गंभिर रहेको अस्पतालका चिकित्सकले बताएका छन । जिप आफै अनियन्त्रित भई सडक देखी करीव ९ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना गएराती करीव १० बजेको भएको  हो । घटनास्थल सदरमुकाम तानसेन बाट ६० किलोमिटर पुर्व दक्षिण रहेको छ । मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पतालमा पु¥याएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्