ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ६ जना घाइते



लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

गए राति १० बजेतिर भएको दुर्घटनामा ट्याक्टर चालक २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्थानीय विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम्भीर घाइते भएका छन् । स४३प २३७३ नंको ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने प्रयासमा दुर्घटनामा परेको थियो ।

पवनलार्इ किचेर ट्याक्टर सडकबाट २५ मिटर तल खसेको थियो । अहिले मृतकहरुको शव गाईघाट जिल्ला अस्पतालमा ल्याइसकिएको छ । गम्भीर घाइतेको उपचार उक्त अस्पतालमा सम्भव नभएपछि विराटनगरको नोबेल अस्पताल लैजाने तयारी भइरहेको छ । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्