जन्ती जीप दुर्घटना हुदा………..



काभ्रे । जन्ती बोकेको बोलेरो जीप पल्टँदा १९ जना घाइते भएका छन् । बिहिबार साँझ काभ्रेको नमोबुद्ध नगरपालिका–२ मा रामेछापबाट सिन्धुपाल्चोक जाँदै गरेको बा १९ च ६९३४ नम्बरको बोलेरो पल्टँदा १९ जना घाइते भएका हुन् । प्रहरीको अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

क्षमता भन्दा धेरै तौलका कारण बोलेरो अनियन्त्रित भइ सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्