उपमहानगरपालिकाका सवै वडामा सरसफाई सम्बन्धि कार्ययोजना बनाईदै



सुशिल बस्नेत
दाङ,१९ साउन।
उपमहानगरपालिकाका सवै वडामा सरसफाई सम्बन्धि कार्ययोजना बनाईदैछ ।
तुलसीपुर उपमहानगरका जनप्रतिनिधिहरु संग तुलसीपुर उद्योग वाणिज्य संघमा भएको अन्तरक्रिया कार्यक्रममा १९ वटै वडाका जनप्रतिनिधिहरुले सरसफाई सम्वन्धी कार्य योजना वनाएर अघि वढ्ने वताएका छन् ।

क्लीन तुलसीपुर ग्रिन तुलसीपुरको अवधारणा अनुसार आफूहरु फोहोर व्यवस्थापन र सरसफाई लाई अगाडी वढाउन लागि पर्ने समेत प्रतिबद्धता जनाएका अभियानका संयोजक बिमल रिजालले जानकारी दिनुभयो ।
सरसफाई अभियानका संयोजक विमल रिजालको अध्यक्षता एवं उपमेयर माया आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रममा सरसफाई अभियान १९ वटै वडा कार्यालयवाट एकैै साथ शुरुवात गर्नुपर्ने वताउनु भयो ।

कार्यक्रममा विभिन्न राजनितिक दल, संघ संस्था ,तथा कार्यालय का प्रमुख एवं प्रतिनिधिहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । ५० औ हप्ताको उत्साहपुर्ण सफलतासँगै संघले सरसफाइ सम्वन्धि विभिन्न कार्यक्रम गर्न शुरु गरेको हो । जस अन्तरगत भोली शुक्रवार चित्रकला,वक्तृत्वकला लगायतका कार्यक्रमहरु गर्ने तयारी भैरहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्