जन्तीबसले ठक्कर दिँदा एक जनाको मृत्यु



विवाहको जन्ती बसले एक साइकल यात्रीलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ ।

चितवनको माडीबाट नवलपरासी जाँदै गरेको ना ४ ख ५१९३ नम्वरको बसले भक्तपुर नगरपालिका–१३ वरौजी मिलिजुलीचोकमा साइकलयात्री बालकृष्ण सापकोटालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

सवारी चालक र जन्ती बस प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ । त्यसैगरी, रत्ननगर नगरपालिकाको सौराहा निपनी चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राति १ बजे बा ८१ प ८५०० नम्वरको मोटरसाइकल बिजुलीको पोलमा ठक्कर खाँदा राप्ति नगरपालिका ८ का १८ वर्षीय अनिश तामाङको मृत्युभएको हो ।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बस्ने अनमोल तामाङ घाइते छन् । उनको मेडिकल कलेजमा उपचार भैरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्