सवारीको ठक्कर बाट दाङमा एक जनाको मृत्यु



तुलसीपुर
। दाङमा सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ दुधेनामा नम्बर नखुलेको सवारीले ठक्कर दिदा दाङ बबई गाउँपालिका वडा नं। ७ डाँडागाउँ निवासी ५८ बर्षीय नेत्र बुढाथोकीको मृत्यु भएको हो ।

गएराती ठक्कर दिदा बुढाथोकीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्