भरतपुर १९ नम्बर वडामा मतदान शुरु



सैघाली खबर
काठमाडौं साउन,२०


भरतपुर महानगरपालिका वडा नम्वर १९ मा मतदान शुरु भएको छ । बिहान ७ बजे देखि शुरु भएको मतदान साँझ पाँच बजेसम्म चल्नेछ । मतदानको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानका लािग ३ वटा मतदान स्थलमा ६ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । वडा नं १९ मा ३ हजार ८ सय ९७ मतदाता छन् । यसअघि वडा नं. १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो । गएको जेठ १४ गते राति मत गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले गएको शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज मतदान सुरु भएको हो । भरतपुरका २७ वटा वडाको अन्तिम परिणाम अनुसार, एमालेका प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९ सय ८० मत प्राप्त गर्नुभएको थियो भने माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १ सय ९४ मत प्राप्त गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्