टोखामा महिलाको हत्या, चार पक्राउ



काठमाडौंको टोखामा एक महिलाको हत्या भएको छ । हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका–८ मिलनटोल डेरा गरी बस्ने मुगु टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या भएको हो । बेलुका सुतिरहेको बेला धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो ।

महानगरीय अपराध महाशाखाले हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको हो । उनको जेठी श्रीमतीले अन्य व्यक्तिहरु प्रयोग गरेर उनको हत्या गराउन लगाएको अनुसन्धानमा खुलेको छ ।nayapatrikadaily

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्