छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु



बगलुङः निसीखोलामा खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ। निसीखोला गाउँपालिका–२ धारा टोलका ज्ञान बहादुर घिमिरेका ८ वर्षीय छोरा लोक बहादुर घिमिरेको सोमवार ज्यान गएको इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख रिनबहादुर बैद्यवारले जानकारी दिए। यस्तै बागलुङ नगरपालिका–९ तित्याङको शिवालय मन्दिर नजिकैको भिरबाट लडेर एक महिलाको ज्यान गएको छ।

जिल्लाको गल्कोट नगरपालिका स्थायी ठेगाना भई हाल पोखरा महनागरपालिका १० रामबजार बस्ने २७ वर्षीय सिता कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बालनरसिंह राणाले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्