संयमित हुन धितोपत्र बोर्डको आग्रह



काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित हुन आग्रह गरेको छ । बोर्डले पुँजी बजार लगानीकर्ताहरुलाई आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । बोर्डले दोस्रो बजार कारोवार रोक्ने सम्बन्धी भएका अवाञ्छित स्थिति सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संयमित हुन आग्रह समेत गरेको हो ।

पछिल्लो समयमा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृतिहरुको ९व्याजदर, शेयर बजार, ऋणपत्र० समग्र मूल्याकंन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरी सुझाव पेश गर्न यस बोर्डको प्रतिनिधि सहित लगानीकर्ताहरुको समेत प्रतिनिधित्व रहने गरी नेपाल सरकारबाट उच्च स्तरीय समिति गठन भई उक्त समितिले चाडै नै आप्mनो प्रतिवेदन बुझाउने क्रममा रहेको भन्दै धैर्य गर्न समेत बोर्डले आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्