ढुक्क भएर व्यवसाय गर्न प्रजिअको आग्रह



दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लाको औद्योगिक तथा व्यवसायिक विकासका लागि स्थानिय प्रशासन सहकार्य गरेर अगाडी बढ्ने वताउँनु भएको छ । जिल्ला उद्योग वाणिज्य संघले गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै प्रजिअ रिजालले यस्तो बताउँनु भएको हो ।व्यवसायीलाई ढुक्क भएर व्यापार व्यवसाय संचालन गर्न आग्रह गर्नुभयो  सुचना समयमा नै प्राप्त गरेमा शान्ति सुरक्षा कार्यक्रम गर्ने सकिने उहाँको भनाई छ। कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । संघका उद्योग उपाध्यक्ष वसन्त जोसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा धन्यावाद ज्ञापन वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्