पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं । सरकारले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ ।

नेपाल आयल निगमको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई/ दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्यअनुसार पेट्रोल रु ११० प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९७ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको उनले जानकारी गराए ।

यसैगरी निगमले निगमको डिपो/बिक्री केन्द्रदेखि १५ किलोमिटर भित्र लागू हुने क्षेत्रभित्र पनि नयाँ मूल्य तोकेको छ । जसअनुसार झापा, विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगञ्ज, अमलेखगङ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको १०८ रुपैंयाँ ५० पैसा, डिजेल र मट्टीतेलको ९५ रुपैंयाँ ५० पैसा तथा पोखरा र दाङका लागि पेट्रोल १०९ रुपैंयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको ९६ रुपैंयाँ ५० पैसा नयाँ मूल्य तोकेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्