नेपालमा भारु नोट प्रतिबन्ध हुँदा भारतमा खैलाबैला



नेपाल सरकारले ठूला दरका भारतीय रुपैयाँ ९भारु० नोटमा लगाएको प्रतिबन्धप्रति भारतमा प्रश्न उठ्न थालेको छ । भारतको प्रतिपक्ष दल काँग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गैरजिम्मेवारीका कारण नेपाल सरकारले भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएको भन्दै प्रश्न उठाएको हो ।

भारतीय काँग्रेसका महासचिव शकील अहमदले मोदी सरकारको गैर जिम्मेवारीका कारण नेपाल सरकारले भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएको बताए ।

दुई वर्ष अघि मोदी सरकारले भारतमा प्रचलनमा रहेका ठूला (एक हजार र पाँच सय) दरका नोटहरुमा प्रतिबन्ध लगाएको थियो । कालो धन नियन्त्रण गर्ने भन्दै मोदी सरकारले सन २०१६ अक्टुबर ८ मा भारतमा नोट बन्दीको घोषणा गरेको थियो ।

त्यसअघि नेपालमा निरन्तर कारोबार भइरहेका सो दरका नोट भारतमा प्रतिबन्धित हुँदा नेपाललाई सटहीको सुविधा दिइएको थिएन । नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुमान अनुसार त्यस्ता नोटहरु नेपाली बजारमा करिब १५ करोड रुपैयाँको हाराहारीमा छन् ।

महासचिव अहमदले मोदी सरकारले नेपाललाई त्यतिबेला नोट सटहीको सुविधा नदिएका कारण भारतीय ठूला दरका नोटमा प्रतिबन्ध लगाउन नेपाल बाध्य भएको बताएका छन् ।

भारतीय ५ सय र २ हजार दरका नोटमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । नेपालमा १ सय रुपैयाँ दर भन्दा साना भारतीय नोट मात्रै प्रचलनमा रहने र सो भन्दा ठूला नोट गैरकानूनी हुने भएका छन् ।

त्यस्तै भारतको प्रतिष्ठित सञ्चारमाध्यम अम्मर उजालामा एक भारतीयले नेपालले पनि पाकिस्तानले जस्तै चिनियाँ मुद्रा प्रचलनमा ल्याउन सक्ने विश्लेषण गरेका छन् ।

राजेश बादलले पाकिस्तानले जस्तै नेपालले पनि चीनको मुद्रा प्रचलनमा ल्याउन वैध वा औपचारिक नबनाउला भन्न नसकिने उल्लेख गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्