भ्यानले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, आमाको अबस्था गम्भीर



काठमाडौं – एकाबिहानै काठमाडौंको बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा अनिल श्रेष्ठको रहेका छन् । आमाछोरा सवार स्कुटरलाई भ्यानले ठक्कर दिँदा छोराको ज्यान गएको छ भने आमा घाइते भएकी छिन् ।

बुधबार बिहान ३ बजे बा ४ च ६८४८ नम्बरको भ्यानले बा ९७ प ७८३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रामेछाप देउराली ४ घर भई काठमाडौंको बसुन्धरा बस्दै आएका अनिल श्रेष्ठको ज्यान गएको हो ।अनिलकी आमा भगवतीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्