कसैसँग नडराउँने हिटलर केटी र बिरालोसँग डराउँथे



एडोल्फ हिट्लर, जर्मनका तानशाह । जो अष्ट्रियामा जन्मेका थिए । उनकै घमण्डले एक करोड भन्दा बढी मानिसको ज्यान जाने दोस्रो विश्वयुद्ध निम्त्यायो ।

उनका बारेमा धेरै किताव, लेख लेखिएका छन् । उनको विषयमा धेरै अनुसन्धान पनि भएका छन् । दुस्साहसको अर्को नाम ‘हिटलर’ भन्दा पनि हुन्छ । यीनै हिट्लरको केही विशेषता साच्चिकैका अनौठा छन् ।

– विश्वयुद्धको आँट गर्न सक्ने हिट्लर एक ज्वीस केटीसँग डरकै कारण जीवनभर बोल्न सकेनन् । त्यो केटीलाई हिट्लरको ‘फस्र्ट लभ’को रुपमा लिइन्छ ।

– हिटलरको खास नाम ‘एडोल्फ सिकल्ग्रवर’ थियो । सन् १८७७ मा उनका बाबुले एडोल्फ हिट्लर नामाकरण गरिदिए ।
– हिट्लर पाचन प्रणालीमा भएको गडबडी ठीक पार्न २८ किशिमका फरक फरक औषधि सेवन गर्थे ।

– धुम्रपानविरुद्धको अभियान सञ्चालन गर्ने आधुनिक विश्वका पहिलो व्यक्ति हिटलर थिए । उनी आफै पनि धुम्रपान, मद्यपान गर्दैन थिए ।

– हिटलरको एउटा मात्रै अण्डकोष थियो ।
– हिटलरले लिभरपुलस्थित आफ्नै भाञ्जाको घर बमले हानेर उडाइदिए । पछि उनको भाञ्जा अमेरिकाको सेनामा भर्ति भयो ताकि मामासँग बदला लिन सकियोस् ।

– कुख्यात तानाशाह हिट्लर जहिले पनि प्रेरणाका लागि हेन्री फोर्डको चित्र आफ्नो डेस्क पछाडि राख्थे । जबकी हेन्री फोर्डसँग उनको कुनै साइनो र शैद्धान्तिक धारणा मिल्दैन थियो । हेन्री फोर्ड अमेरिकी मसहुर मोटर उद्योगी थिए । उनले फोर्ड मोटरको विकास गरेका थिए ।

– ग्यास च्याम्बरभित्र निर्ममतापूर्वक मान्छे मार्ने र मानिसहरु छट्पटाएको रमाइलो मानेर हेर्ने हिट्लर पहिलो यस्तो व्यक्ति हुन् जसले निर्ममतापूर्वक पशुवधविरुद्ध कानुन बनाएका थिए । उनी शाकाहारी पनि थिए ।

– जेलमा हुँदा एक पटक हिटलरले मर्सिडिज कारको डिलरलाई ऋणमा कार माग्दै पत्र लेखेका थिए । जबकी उनलाई कार चलाउनै आउँदैन थियो ।

– सन् १९३९ मा हिट्लर नोबेल शान्ति पुरस्कारका लागि नोमिनेसनमा पनि परेका थिए । नोबल कमिटीले छानेको व्यक्तिमा सम्भवतः हिट्लर नै अहिलेसम्मका अयोग्य व्यक्ति हुन् ।– बालक हुँदा हिट्लरले पादरी बन्ने सपना देखेका थिए ।

– अमेरिकी जासुसहरुले हिट्लरको खानामा फिमेल हर्मोनयुक्त केमिकल मिसाइदिन खोजेका थिए । ताकि हिट्लरमा महिलाको जस्तो गुण आओस् ।

– १९३८ मा टाइम म्याजिनले वर्ष पुरुषका रुपमा हिट्लरलाई छानेको थियो ।

– अलेग्ज्यान्डर, नेपोलियन, मुसोलिनी र हिट्लर चारै व्यक्ति बिरालोदेखि धेरै डराउँथे ।

–हिटलर र ओसमा विन लादेनलाई मृत घोषणा गरिएको दिन मे १ होे ।

– सन् १९१३ मा हिटलर, स्तालिन, ट्रोटोस्की, टिटो र सिग्मड फ्रायड एउटै सहर भियनामा बस्थे । यी मध्ये केहीको कफी पिउँने पसल पनि एउटै थियो ।

– हिटलरले गाडी चलाउन कहिल्यै सिकेनन्, तर उनी भोक्सवागन कार विकास गर्ने मुख्य व्यक्ति बने ।

– दोस्रो विश्वयुद्धको संग्राम हुनु अघि हिट्लरले बेलायत, अमेरिका र धेरै राष्ट्रहरुलाई ज्वीस शरणार्थी स्वीकार गर्ने मौका दिएका थिए । तर उनीहरुले अश्वीकार गरे ।

– ६ जुन १९४४ मा अमेरिका नेतृत्वको नेटोले युरोप आक्रमणका लागि ठूलो शक्ति परिचालन गरेको थियो । त्यो दिनलाई डि–डेको रुपमा लिइन्छ । यूरोपमा नेटोले शक्ति उतारिसक्दा हिटलर निदाइरहेका थिए । हिटलरको अनुमति बिना थप शक्ति परिचलान गर्ने वा उनलाई उठाउने साहस कसैले गरेनन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्