पुष ५ गते विहिबारको राशिफल



विक्रमसम्वत २०७५ साल पुष ५ गते विहिबार नेपाल सम्बत ११३९ थिंल्लाथ्व तदनुसार सन् २०१८ डिसेम्बर २० तारिक शुक्लपक्ष त्रयोदशी तिथि राती ३ वजेर ३ मिनेटसम्म उप्रान्त चतुर्दशी तिथि,कृतिका नक्षत्र राती २ वजेर १३ मिनेटसम्म उप्रान्त रोहिणी नक्षत्र,सिद्धियोग,कौलव करण,आनन्दादियोग लुम्ब,सूर्य धनु राशीमा,चन्द्रमा विहान ८ वजेर २४ मिनेटसम्म मेष उप्रान्त वृष राशीमा । पूर्वको यात्रा शुभ हुनेछ ।

मेषः–आर्थिक चलखेल बढि हुनसक्छ सचेत रहनुहोला । असहमतिका बीच काम गर्नु पर्नेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा पनि हेलचक्र्याई नगर्नु होला । घरका कुरा धेरै गर्नु पर्ला । विश्वास र भरोसमा काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ ।

वृषः– समस्या सँग लड्न सक्ने तागत मिल्नेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।
मिथुनः– समयले साथ दिने छैन । गलत सवित गराउन खोज्दै छन् सर्तक रहनुहोला । दैनिक काममा अवरोध आउने देखिन्छ । समस्याको वोझले थिच्नेछ । खर्च वृद्धि हुदा आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । विश्वास घात हुनसक्छ । जोखिम पूर्ण यात्रा नगर्नु होला । सरकारी काममा हेलचक्र्याई नगर्नु होला ।

कर्कटः– बातावरण अनुकुल नै बन्नेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योगछ । साझेदारी काममा हात नहाल्नु होला ।

सिंहः–पूर्ण विश्वासमा काम गर्दा खासै फरक पर्ने छैन । काम गर्दा सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । विरोधी कमजोर हुनेछन् । राजनैतिक क्षेत्रबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

कन्याः– समयमा सामान्य सुधार आउनेछ । अरुका काममा व्यस्त हुदा आफ्ना काम ओझेलमा पर्ने छन् । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ ।

तुलाः– दिन प्रतिकुल देखिन्छ । स्थिति भङ्ग हुनेछ भने बेस्थिति बढ्नेछ । उपलब्धिको यात्रामा तगारो लाग्नेछ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । यत्नपूर्वक गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । लगानी बढाउनु गलत हुनेछ ।

वृश्चिकः–हात फुकाएर काम गर्नु होला,हात थाप्नु पर्ने छैन । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम बन्नेछ । उपलब्धिका मार्गहरु खुल्ने छन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानभूति हुनेछ । राजनैतिक सक्रिय बढ्नेछ । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ ।

धनुः– काम गर्दा असहज महशुस हुनेछ । आफ्नो लागि जिम्मेबार कोहि हुने छनै आफै बन्नु होला । काम गर्दा धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । चाडो विश्वास कसैलाई नगर्नु होला ।

मकरः– अलमलमा नपर्नु होला । एकै चोटी चारैतिर हात नहाल्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । जीवन साथिको सहयोगमा काम गर्दा थोरै सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । प्रेम प्रस्ताव आउनेछ ।

कुम्भः– पारिवारिक समस्या बढ्ने छन् । घमण्ड नगर्नु होला,चक्रव्यूमा पर्न सकिन्छ सतर्क रहनुहोला । विना योजना विना तयारी केहि नगर्नु होला । लगनशिल भई गरेका कामबाट थोरै लाभ हुनेछ । परभावको सम्भावनालाई नकार्न सकिन्न । राजनैतिक मुद्धामा नअल्झिनु होला । व्यापारमा मन्दि आउनेछ ।

मिनः– काम गर्ने वातावरण बन्नेछ । समयको सदुपयोग गर्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् । अरुको भरमा होईन आफ्नै बाहुबलबाट काम सम्पादन गर्नुहोला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ । इज्जत प्रतिष्ठा जोगिने काम हुनेछ । शैक्षिक मार्ग आँशिक सफल देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्