राष्ट्र बैंकले बिहिवार तोकेको विनिमय दर



बिहीबार डलरको भाउ सामान्य घटेको छ । जसका कारण अन्य विदेशी मुद्राको मूल्य पनि घटेको छ ।कोरियन वनको मात्रै भाउ बढेको छ । नेपाल राष्ट्र बैकंका अनुसार बिहीबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ९५ पैसा छ ।

बुधबार डलरको खरिददर ११२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११३ रुपैया ०१ पैसा थियो । यही अनुपातमा अरु विदेशी मुद्राको भाउ पनि थोरै पैसाले घटेको हो । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ४८ पैसा तथा बहराईन दिनार १ को खरिददर २९८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २९९ रुपैयाँ ६० पैसा तोकिएको छ ।

65युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७५ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ११ पैसा तोकेको छ ।

बिहीबार कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा तोकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्