सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य



नेपाली बजारमा गएको मंगलबार यता सुनको मुल्य लगातार घटेको छ । बुधबार एक्कासी ६ सय रुपैयाले घटेको सुनको मुल्यमा आज बिहिवार कुनै परिवर्तन नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ५८ हजार ८ सय रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य ९५८ हजार ८ सय० मा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५८ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाले घटेको छ ।

बुधबार प्रतितोला ७ सय २५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज तोलामा ७ सय २० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्