पुष ८ गते आइतबारको राशिफल



विक्रमसम्वत २०७५ साल पुष ८ गते रविबार नेपाल सम्बत ११३९ थिंल्लागा तदनुसार सन् २०१८ डिसेम्बर २३ तारिक कृष्णपक्ष प्रतिपदा तिथि राती १० वजेर १७ मिनेट सम्म उप्रान्त द्वितीया तिथि,आद्र्रा नक्षत्र राती ११ वजेर २४ मिनेटसम्म उप्रान्त पुनर्वसु नक्षत्र,शुक्लयोग,बालवकरण, आनन्दादियोग ध्वाँक्ष,सूर्य धनु राशीमा,चन्द्रमा मिथुन राशीमा । काल उत्तर दिशा र पाश दक्षिण दिशामा भएको हुदा कुनै पनि काम गर्दा सन्मुख नपार्नु होला । आज पहेंला चन्द्रमा पश्चिम दिशामा भएको हुदा कुनै पनि काम गर्दा पश्चिम फर्केर गर्दा शुभ हुनेछ ।

मेषः– सवै समस्याको निकास आफै भित्रबाट निकाल्नु पर्नेछ देखिन्छ । बास्तुकला,उत्पादनशिल कार्य,सांगितिक क्षेत्र तथा होटल व्यवसायबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ । काममा ढिला सुस्ति नगर्नु होला पछि पश्चताप हुनेछ ।

वृषः– अल्छिपन त्यागि काममा लाग्नुहोला । लेनदेन कारोवारमा चनाखो रहनुहोला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ सचेत रहनु होला । कामलाई हल्का रुपमा नलिनु होला । प्रयत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आस्था र विश्वास घट्न सक्छ । घरयासी खर्च बढ्नेछ ।

मिथुनः– आफुमा भएको ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा धेरै उपलब्धि हात लाग्नेछ । आर्थिक कुराले बढि पिरोल्ने देखिन्छ । परिवारमा देखिएका समस्या केहि समाधान हुनेछन् । देश,प्रदेश यात्राको योग बनिरहेको छ । व्यापार व्यवसायमा उन्नति प्रगतिको राम्रो सम्भावना देखिन्छ । सयमयमा कार्य सम्पादन गर्ने प्रयत्न गर्नु होला ।

कर्कटः–उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । गलत विचारको शिकार हुने सम्भावना पनि त्यतिकै देखिन्छ । कुनै क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या कुराले सताउनेछ । पारिवारिक समस्या बढ्ने छन् । आलस्यता बढ्नेछ । काम गरेर जश कमै मिल्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवादबाट टाढा बस्नु होला ।

सिंहः– औषधी चिकित्सा तथा कृष औजार एवं हातहतियार सम्बन्धि कामबाट फाइदा बढि हुनेछ । शत्रुसँगको लडाईबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ । समयमा काम सम्पन्न गर्ने प्रयत्न गर्नु होला नत्र पछि पश्चताप हुनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कन्याः– सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् । आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । प्रयत्नबाट नयाँ काम हात पारिनेछ । नोकरी तथा राजनीतिमा बढि दखल हुनेछ । गरेका काम काजमा सफलता मिल्नेछ र मुल्याङ्कन राम्रै हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । वोलीको भरमा काम हुनेछन् ।

तुलाः– ठेक्का पट्टा तथा एजेन्सीका कामबाट थोरै राहात मिल्नेछ । शैक्षिक तथा न्याय मार्गमा सफलता मिल्नेछ । घरका कुराले मनलाई बढि नै पिरोल्नेछ । काम गरेर जश भन्दा अपयश बढि मिल्नेछ । यात्राको सम्भावना देखिन्छ । घर छोडेर हिड्न मन लाग्ने छ । साना साना काम सफल गर्न पनि दखल बढि नै गर्नु पर्नेछ । गोपनियता भङ्ग नगर्नु होला ।

वृश्चिकः– तापईको कार्य क्षेत्रको यात्रा मृगतृष्णा जस्तै हुनेछ । अनावस्यक विषय बस्तुले मानसिक चिन्ता बढाउनेछ । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घटनेछ । भाग्यमा अवरोध आउन सक्छ । अशाहरु निराशामा परिणत हुनेछन् ।

धनुः– कार्य क्षेत्रमा नक्कलीहरुको प्रवेश हुनसक्छ सतर्क भएर काम गर्नु होला । कामबाट पूर्ण सन्तुष्टि नमिले पनि निरासा भने हुनु पर्ने छैन । आयात तथा निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । काममा हेलचक्रयाई नगरी समयमा सम्पन्न गर्ने प्रयत्न गर्नुहोला । रजोगुण बढ्नेछ ।

मकरः– वैदेशिक काममा हात नहाल्नु होला । परिवारमा विवाद बढ्न सक्छ । अर्काको कुरा सुनेर काम नगर्नु होला क्षति धेरै हुनसक्छ । गोपनियता अप्नाई लगनशिल भई गरेका अधिकाँश काम सम्पादन हुनेछन् । फाइदा पनि लिन सकिनेछ । समयलाई बुझेर काम गर्न सकेमा सफलताको नजिक पुगिने छ । खेलाडीको लागि दिन बढि उपलब्धिपुर्ण रहला ।

कुम्भः– मनमा शान्ति मिल्ने छैन । काममा दुविधा उत्पन्न हुनेछ । राज्य शक्तिको दुरुपयोग गरेर तपाईलाई कसैले दुःख दिन सक्छ सतर्क रहनुहोला । कृषि क्षेत्रमा लगानी नबढाउनु होला । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । अकारण धन खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । नोकरीबाट सन्तुष्टि मिल्ने छैन । यात्रामा कष्ट हुनेछ ।

मिनः– आन्तरिक समस्या समाधान गर्न नसक्दा उपलब्धि गुम्न सक्छ समयमा सचेत हुनुहोला । आफुले गरेका कामले आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । शैक्षिक र न्यायिक क्षेत्र कमजोर देखिन्छ । लेनदेन कारोवारमा सचेत रहनुहोला । घरयासी खर्चमा वृद्धि हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । पारिवारिक जमघट बढ्न सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्