६ दिनकालागि बैंक बन्द, एटिएममा पनि पैसाको अभाव हुन सक्ने



शुक्रबारदेखि आगामी बुधबारसम्म बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । क्रिसमस र अंग्रेजी नयाँ वर्ष सुरु हुनै लाग्दा भारतका सरकारी र निजी बैंकहरु बन्द हुने भएका हुन् ।

क्रिसमस पर्वका कारण बैंकहरू बन्द हुने भएकाले भारत सरकारले यो समयमा एटीएमबाट पनि पैसाको कमी हुन सक्ने भन्दै सबै तारतम्य मिलाउन नागरिकलाई आग्रह गरेको छ ।

भारत सरकारले बिहीबार नै सूचना जारी यसबारे जानकारी गराएको हो । क्रिसमस पर्व र नयाँ वर्षलाई ध्यान दिँदै भारत सरकारले कर्मचारीको सहुलियतका लागि बैंक बन्द गराएको हो ।

बैंकका कर्मचारीले भने बन्दको समय कम भएको भन्दै आन्दोलन गरेका छन् । सरकारले दिएको बन्दको समयमा दुई दिन सधैँझै बन्द परेको र बाँकी समय थप्नुपर्ने उनीहरुको माग छ ।

भारतमा सन् २०१९ आउनै लाग्दा तयारी तीव्र पारिएको छ । विभिन्न स्थानमा कार्यक्रम तय भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्