जब मृत्यु भएको ४ दिनपछि युवती घर फर्किइन्…



भारत पञ्जाबको दक्षिणी सहर पटियालामा भएको अनौठो घटनाले धेरैको ध्यान खिचेको छ । २६ बर्षकी नैना नाम गरेकि ति युवती डिसेम्बर ८ बाट बेपत्ता थिइन्।

परिवारले प्रहरी कहाँ उजुरी दिए र प्रहरीले अनुसन्धान अगाडि बढायो । एक युवकसँग पोइल हिँडेकि भनिएकी उनी जस्तै युवतीको शव डिसेम्बर ११ मा नजिकै गाउँको जंगलमा फेला पर्यो ।

नचिनिने गरि शव भेटिएको अवस्थामा प्रहरीले परिवार शव बुझायो र ति युवती नैना नै भएको परिवारले स्वीकारे र युवकले हत्या गरिएको भनियो । उक्त शवलाई नैनाको शव नै हो भनेर आफन्तले दाहसंस्कार गरे र चिहानमा समेत गाडे।

तर, परिवारले गरेको कुरा झुटो सावित भएको छ । हत्या गरिएकि भनिएकि युवती जब अन्तिम दाहसंस्कार गरेको ४ दिन पछि अर्थात डिसेम्बर १५ मा घर फर्किइन् धेरैलाई अचम्ममीत पारेको छ।

यसअघि प्रहरीले नैनाको हत्या उनी सँगैका युवकले गरेको भन्दै रिपोर्ट सार्वजनिक गरेको थियो । शव फेला परेकि युवतीको बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । यद्धपी उनको शव चिहानमा गाडिसकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्