बिहे गरेकी श्रीमतीसँग यतिसम्म गरे यी युवाले प्रहरी पनि चकित



एजेन्सी । दिल्ली पुलिसको स्पेशल सेलले भारतको हरिद्वारबाट एक यस्ता व्यक्तिलाई पक्राउ गरेको छ, जसले मिडिया मालिक भएको भन्दै २१ जना युवतीलाई ठगिसकेका छन् ।

हैरानीको कुरा के छ भने अभिषेक वरिष्ठ नामका यी व्यक्तिले म्याट्रिमोनियल साईट (दुल्हा, दुल्हन सेवा दिने वेबसाईट) मा हाई क्लास प्रोफाइल बनाएर यस्तो ठगी गरेका हुन् । उनी आफुलाई हरिद्वारको एक मिडिया मालिक बताउँथे र मानिसहरुलाई ठग्थे ।

दिल्ली पुलिसले आरोपी अभिषेकमाथि ५० हजार भारुको इनाम घोषणा गरेको बताइएको छ । आरोपीमाथि एक युवतीले दिल्लीमा बिहे गरेर गहना तथा नगद रुपैयाँ लिएर फरार भएको मामिलामा मुद्दा दायर गराएकी थिइन् ।

युवतीका साथै अभिषेकले रिपोर्टरहरु बनाउने र फ्रेन्चाइजी दिने नाममा पनि ठगी गरिरहेको बताइएको छ । उसले त्यसका लागि एक प्रतिष्ठित टिभी च्यानलको लोगो पनि बनाएर आफैसँग राखेको थियो, जसको प्रचार उसले फेसबुक र ट्वीटरमा गर्दै आएको थियो ।

 

यो विषयमा डीसीपी प्रमोद कुशवाहले २२ डिसेम्बरमा उसलाई हरिद्वारबाट पक्राउ गरिएको पुष्टि गरे । उसमाथि एक युवतीले म्याट्रिमोनियल साइटका माध्यमबाट बिहे गरेर ठगेको आरोपमा मुद्दा दायर भएको उनले जानकारी दिए ।

बिहेको दुई हप्तापछि आरोपी युवतीका गहना र नगद रुपैयाँ लिएर गायब भएको बताइएको छ ।

पुलिस अनुसन्धानबाट उ पहिला नै बिवाहित व्यक्ति भएको खुलेको छ । तर, पछिल्ला दिनहरुमा उ श्रीमतीबाट अलग भएकोसमेत बताइएको छ ।
प्रहरीले छानविनका क्रममा उसले केही वर्षपहिला आफुलाई ज्योतिषाचार्य अतुल महाराज भनेर एक निजी च्यानलसँग पनि धोकाधडी गरेको बताइएको छ । यस कुराको खुलासा भएपछि च्यानले उसलाई प्रोग्रामबाट निकालेको थियो ।

यतिमात्र होइन उसले देहरादूनको इंडियन मिडिया ग्रुपको कर्मचारी भन्दै रियल स्टेस कारोबारीलाई पनि ठगेको थियो ।

उसलाई चण्डीगढ पुलिसले उनलाई ठगी आरोपमा पक्राउ गरेको थियो । त्यसपछि उसलाई जेल भएको थियो ।

जेलबाट छुटेपछि उसले म्याट्रिमोनियल साइटका माध्यमबाट युवतीहरुलाई निशाना बनाउन शुरु गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्