दाइजो विरुद्ध को १० दिने अभियान कपिलवस्तु मा



कपिलवस्तु/संवाददाता,  देशव्यापी रुपमा मनाईदै आएको दाईजो विरुद्धको अभियान जिल्ला कपिलबस्तुको महराजगंज नगरपालिका को मुजहना गाउमा ईस्लामी संघ नेपालको अयोजनामा एक कार्यक्रमका बीच दाईजो बिरुद्धको अभियान सम्पन्न भएको छ।

उक्त कार्यक्रमको सभापति हाजी ईलीयास फलाही प्रमुख अतिथी महराजगंज नगरपालिका का मेयर अब्दुल कलाम खान मुख्य अतिथि शिवराज नगरपालिका का मेयर नेत्रराज अधिकारी विशिष्ट अतिथी संघीय समाजवादी फोरम नेपाल प्रदेश नं.५का प्रवक्ता अकरम पठान ईस्लामी संघ नेपाल प्रदेश नं.५को अध्यक्ष ताहिर महमूद खान इण्डो नेपाल समाजिक मंचका प्रवक्ता राहूल मोदनवाल ,जाफर खान, इमरान खान ,अमित शुक्ल ,संजय यादव ,शिवलाल यादव, मौलाना रजिउद्दीन संचालक लगायत छात्र छात्रा अभिभावक प्रहरी पत्रकारहरुको उपस्थिती रहेयो।

कार्यक्रममा आ-आफ्नो मन्तब्य राख्दै नेत्रराज अधिकारीले “नया मुल्की ऐन” को वारेमा सबै लाई जानकारी दिए र दाईजो लिने र दिने दुबै पक्ष लाई सुधार लाउनको लागि अग्रह पनि गरे। साथै अकरम पठानले दाईजो प्रथा हटाउना मा महिलाहरुले पनि मूख्य भूमिका निर्वाह गर्नु पर्ने कुरा उल्लेख गर्नु भयो। उक्त कार्यक्रमको जानकारी राहुल मोदनवाल ले दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्