यात्रुको विचित्र माग पूरा गर्न एयरहोस्टेसको यस्तो आइडिया



यो संसारमा अच्चम्म अच्चम्मका घटनाहरु हुन्छन् । त्यस्तै जापानमा एक यात्रुको विचित्र मागलाई एयरहोस्टेसले निकै सिर्जनात्मक तरिकाले पूरा गरिदिएकी छिन् । उनको यो तरिका देखेर विमानका अन्य यात्रु पनि चकित परेका थिए ।

जापानको एक फ्लाइटको क्रममा एक यात्रुले एयरहोस्टेससँग अचानक सिट फेर्न माग गरिरहेका थिए । खा समा ती यात्रुले झ्यालको सिट बुक गरेका थिए । तर, जुन सिटमा उनले यात्रा गरिरहेका थिए त्यहाँ केबिन मात्र थियो । ती यात्रुले बारम्बार सिट बदल्न माग गरिरहेका थिए तर सबै सिट भरिएको हुँदा एयरहोस्टेसले सिट बदल्न असमर्थ भएको जनाइन् ।

यात्रुले भने झ्यालको सिट नभएका कारण आफूले फ्लाइटको पूरा आनन्द लिन नपाएको गुनासो गरिरहेका थिए ।ती यात्रुले झ्यालको सिट नपाएका कारण बादल, समुद्र आदि दृश्यको आनद लिन नपाएको गुनासो गरिरहेका थिए । ती यात्रुको लगातारको मागबाट दिक्क भएकी एयरहोस्टेसले समस्या समाधानको लागि निकै स्मार्ट आइडिया निकालिन् ।

उनले एउटा कागजमा कलमले बादल, समुद्रको दृश्यको चित्र बनाइदिइन् र ती यात्रुको सिटको अगाडिपट्टि टाँसिदिइन् । अर्का यात्रुले टाँसिएको चित्रको फोटो खिचेर सामाजिक संजालमा शेयर गरिदिएका छन् ।एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्