प्रचण्डले ओलीको प्रशंसा गरे



सैघाली खबर,

कास्की, साउन २२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा आलीको प्रशंसा गर्नुभएको छ । प्रेस सेन्टर नेपाल प्रदेश नं ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरामा बोल्दै उहाँले ओलीको प्रशंसा गर्नुभएको हो । भरतपुरको चुनावका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीलेचितवनको चुनावी परिणामलाई सहज रुपमा लिँदै आरोप प्रत्यारोप नगर्न पार्टी कार्यकर्तालाई आग्रह गर्दै एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभएको स्मरण गराउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उहाँले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका चुनाव सम्पन्न गर्ने गरी दलबिच छलफल सुरु भएको बताउनुभएको छ ।

दाहालले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गर्नुभयो ।

 

नेता दाहालले माओवादीप्रति तराईमा सकारात्मक भावना विकास भएको बताउँदै तराई र पहाडबिचको एकता आवश्यक भएको तर मधेशी राष्ट्रवाद र पहाडी राष्ट्रवाद दुवै राष्ट्रको हितमा नरहेको स्पष्ट गर्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्