प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा नौ वटा उजुरी परेका छन् । उजुरीमाथि छलफल गर्न समितिले शुक्रबार दिउँसो तीन बजे उजुरीकर्तालाई बोलाएको छ ।
गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै पुस २ गते १० दिने म्याद राखेर उनीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरिएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।