राजपा केन्द्रीय समितिको बैठक बस्दै ।।



सैघाली खबर
काठमाडौं, साउन २३


राष्ट्रिय जनता पार्टी  राजपा  नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी जनाउने वा नजनाउनेबारे छलफल गर्न बै्रठक हिजोदखि सुरु भएको छ । बैठकमा पार्टीको विधानका विषयमा पनि छलफल भइरहेको छ । संविधान संसोधन विना चुनावमा जान नहुने पक्षमा नेतृत्व देखिएको छ । हिजोदेखि सुरु भएकोकेन्द्रीय समितिको बैठकमा नेताहरुले राख्ने धारणाका आधारमा निर्णयमा पुग्ने प्रवक्ता डिम्पलकुमारी झाले जानकारी दिनुभयो । बैठकमा निर्वाचनमा सहभागितासँगै, पार्टीको विधान, राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल सुरु भएको उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्