पोर्न फिल्म हेर्दा हेर्दै आफ्नै लिङ्ग काटे यी पुरुषले



थाइल्यान्डको बैंकक शहरका एक युवकले पोर्न फिल्म हेर्दा हेर्दै आफ्नै लिङ्ग काटेका छन् । ३० वर्षीय विसानु श्रीसानाओ नामका एक युवकले पोर्न फिल्म हेर्दा हेर्दै उत्तेजित भई चक्कुले आफ्नै लिङ्ग काटेका हुन् ।

भिडियो हेरिरहेका विसानु भिडियोको दृश्यबाट बढि नै उत्तेजित भएपछि उनले आफ्नै लिङ्ग काटेका थिए । लिङ्ग काटिसकेपछि अत्यन्तै रगत बगेको र दुखाइ खप्न नसकेकाले विसानुले डक्टर बोलाएका थिए ।

उनको अपार्टमेन्टसम्म डक्टर आइपुग्दा उनी नांगै आफ्नो गुप्ताङ्ग हातले छोपेर बसिरहेका थिए । उनको हाल बैंककको एक अस्पतालमा उपचार भइरहेको छ । अस्पताल लग्ने क्रममा अचेत अवस्थामा रहेका विसानु आफैँले पोर्न भिडियो हेर्दा हेर्दै आफ्नो लिङ्ग काटेको डक्टरलाई बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्