सर्प समाउन पछिपछि घरपछाडि पुग्दा उड्यो होस, भिडियोमा हेर्नुहोस् के थियो त्यहाँ ?



सामाजिक संजालमा अहिले निकै आश्चर्यजनक भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक व्यक्तिको घरबाट ३६ विषालु सर्प निस्किरहेको देखिएका छन् । यी विषालु रेटलस्नेक टेक्ससको गोमेनमा बबी कोवेनको घरबाट निस्किएका हुन् ।

कोवेनले सुरुमा घरपछाडि बनेको शेड नजिकै एउटा सानो सर्प देखेका थिए । उनले त्यो सर्प समाउन भन्दै पछिपछि गए । सर्प मेसिन ढाकिएको शेडभित्र पस्यो । जब कोवेनले मेसिन ढाकिएको शेढ उठाए त्यहाँ निकै डरलाग्दो दृश्य थियो । त्यहाँ ३६ वटा रेडलस्नेक बसिरहेका थिए । रेटलस्नेक निकै विषालु सर्पमध्येमा पर्छन् । अ‍ेरिकामा यो प्रजातिका सर्प ठूलो संख्यामा पायन्छन् । यो भिडियो अहिलेसम्म फेसबुकमा ३० लाखभन्दा धेरै हेरिएको छ र ५५ हजारभन्दा धेरै शेयर गरिएको छ । हेर्नुहोस् भिडियो –

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्