क्षयरोग परीक्षणका लागि‘जेन इक्स्पर्ट मेसिन



सैघाली खबर,
,प्यूठान ,२३ साउन, । क्षयरोग परीक्षणका लागि जिल्ला अस्पताल प्यूठानमा ‘जेन इक्स्पर्ट’ मेसिन ल्याइएको छ । खकारमा हुने जिवाणु परिक्षणका लागि विश्वकै पछिल्लो नयाँ प्रविधि प्यूठान अस्पतालमा भित्र्याइएको हो ।

अहिले सञ्चालनमा भएको प्रयोगशाला भन्दा यो मेसिन धेरै उपयोगी हुने चिकित्सकहरुले बताएका छन् । फोक्सो र त्यो भन्दा बाहिर देखिने क्षयरोग परीक्षणमा अहिले ५ प्रतिशत मात्र सफल हुने गरेकोले अव करिव ९८ प्रतिशत सफल परिक्षण हुने उनीको भनाइ छ ।

निक साइमन इन्स्टिच्यूटको समन्वय र विराट नेपाल मेडिकल ट्रष्टको सहयोगमा जेन इन्स्पर्ट सञ्चालन आएको हो । ‘यो मेसिनबाट क्षयरोगका साथै इवोला, एचआईभी, हेपाटाइटीस बी जस्ता १५ थरीका रोगको परिक्षण गर्न सकिन्छ, यसका लागि फरक फरक कार्टिज आवश्यक हुन्छ,’ निक साइमन इन्स्टिच्यूटका डा।काशिम शाले भने, ‘अहिले हामीसँग क्षयरोग परीक्षणको कार्टिज मात्र छ ।’

प्यूठानसहित कपिलबस्तु, गुल्मी र बर्दिया जिल्लामा यस वर्षदेखि क्षयरोग परीक्षणका लागि मेसिन सञ्चालनमा ल्याउन लागिएको छ ।
झण्डै एउटा मेसिनको २५ लाख पर्ने चार वटा मेसिन र प्रति कार्टिक १० डलर पर्ने २ हजार थान कार्टिज सहयोग प्राप्त भएको डा।शाले जानकारी दिए ।

भ्यातनामका डा।म्याक्सको पहलमा चार जिल्लामा क्षयरोग परिक्षणका लागि लागि अत्याधुनिक मेसिन ल्याइएको उनले बताए ।

एक वर्षमा जिल्लामा २९३ क्षयरोगी पहिचान

आर्थिक वर्ष २०७३र०७४ मा प्यूठान जिल्लामा २९२ क्षयरोगका बिरामी पत्ता लागेको छ । ती मध्य तीन जना कडा खाले विरामी रहेको जिल्ला जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले बताए ।

नयाँ मेसिनबाट विरामीलाई औषधिले काम गरे नगरेको समेत जाँच्न मिल्छ । क्षयरोगी एक जना विरामीले १० जना स्वस्थ मानिसलाई सार्न सक्ने भएकाले समयमै यसको परीक्षण गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

यो मेसिन गाँऊसम्म लैजान नसकिने भएकाले शंकास्पद विरामीले जिल्ला अस्पतालमै पुगेर जचाउनु पर्नेछ । ग्रामीण क्षेत्रका विरामीहरुलाई सुविधा दिनका लागि ‘ड्रोन’ सञ्चालन गर्ने योजना समेत डा।कासिम शाले सुनाए ।

दुवै सहयोगी संस्थाहरुले मेसिनको सञ्चालनका लागि एक वर्षसम्म प्राविधिक सहयोग समेत गर्ने छन् । त्यसपछि कार्टिजको सहयोग राष्ट्रिय क्षयरोग कार्यक्रमले गर्ने छ ।

यो सुविधालाई नियमित दिनका लागि प्यूठान नगरपालिकाले स्वामित्व ग्रहण गर्न तयार रहेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले बताए ।

दुर्गम क्षेत्रमा अझै पनि रोग परीक्षण सुविधा नहुँदा रोग पत्ता नलागेरै ज्यान गुमाउनेहरु समेत रहेको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्