मिस अफ्रिकाको टाउकोमा आगो लागेपछि…



काठमाडौं — मिस अफ्रिका २०१८ को समापन तर्साउने किसिमको रह्यो । मिस अफ्रिाको घोषणा हुँदा आगलागी भयो ।

मिस कंगो २०१८ रहेकी डोर्कास कासिन्डेको कपालमा आगो लाग्यो । बिहीवार उनलाई अफ्रिकी सुन्दरी २०१८ को ताज लगाउने क्रममा आगो लागेको थियो ।

कासिन्डेले जीतपछि आफ्नो प्रतिस्पर्धीलाई अंगालो हाल्दा आगो लागेको हो ।

घटनापछि २४ वर्षीया कासिन्डेले ट्वीट गरेर आफू ठीक रहेको बताइन् । उनले लेखिन्, ‘म ठीक छु । मेरोृ कपाल ठीक छ । म राम्रो अनुभव गरिरहेकी छु । म एकदमै खुशी छु । राति मलाई समर्थन गर्ने सबैलाई धन्यवाद छ । सामाजिक
सञ्जालमा तपाईंहरूले मेरा लागि प्रार्थना गर्नुभयो ।’

मिस अफ्रिका भएपछि कासिन्डेले ३५ हजार डलर अर्थात् लगभग ४० लाख रुपैयाँ र एउटा कार जितिन् ।

पटाका पड्काएका कारण कासिन्डेको कपालमा आगो लागेको हो । तर उनीनजिक रहेका मानिसले तत्कालै आगो निभाए ।

घटना नाइजेरियामा भएको हो ।एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्